बिहारको तीन हजार मन्दिरमा लगाइयो ताल्चा



काठमाडाैँ ।

 

बिहार राज्यको करिब तीन हजार चारसय मन्दिरमा ताल्चा लगाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चैत ९ गते कफर्युको आव्हान गरेसगैँ भारत बिहार राज्यको करिब तीन हजार चारसय मन्दिरमा ताल्चा लगाइएको हो ।

 

उक्त कफर्यु आज बिहान सातबजदेखि राति नौ बजेसम्म कायम रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । कफर्युको क्रममा सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन आग्रह गरिएको छ ।

 

बिहार राज्य सरकारले जनता कफर्युको अघिल्लो राति १२ बजेबाट नै मन्दिरमा सर्वसाधारणको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । भारतले इटालीमा रहेको आफ्नो नागरिकलाई दोस्रो पटक स्वदेश फर्किने व्यवस्था गर्न लागेको छ । जस बमोजिम एयर इन्डियाको विमानबाट २६३ जना छात्रछात्रालाई भारत ल्याइदैछ ।

 

भारतमा कोभिड–१९ को संक्रमण तीब्र रुपमा अगाडि बढ्दैछ । शनिबार एकैदिन ८० नयाँ संक्रमितको पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोभिड–१९ संक्रमितको संख्या भारतमा ३३४ पुगेको छ । भारतमा अहिलेसम्म कोभिड–१९ को संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।

 

सबैभन्दा बढी जोखिम भारतको महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा मात्रै कोभिड–१९ का ६३ जना संक्रमितको पुष्टि भएको छ । भारतको २२ राज्यमा कोभिड–१९ को संक्रमण फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्