पहिलो पटक काभ्रेको पनौतीका एक व्यक्ति कोरोना आशंकामा अस्पताल भर्ना

दुवईबाट फर्किएकालाई पक्राउ गर्न प्रहरी परिचालन



मोतीराम तिमल्सिना,काभ्रे। 

कोरोना भाइरस अर्थात्  कोभिड १९ को आशंकामा पनौती नगरपालिका घर भएका एक ब्यक्तिलाई धुलिखेल अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ । लगातार ज्वरो आई निको नभए पछि उनलाई कोरोनाको आंशकामा अस्पतालमा भर्ना गरिएको हो ।

शनिबार विहान उनको घाँटीको स्वाव निकालेर परिक्षणका लागि टेकु अस्पताल पठाईएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनु भयो । ५० वर्षिय एक ब्यक्तिलाई केहि दिन देखि देखि नियमित ज्वरो आईरहेको थियो ।

ज्वरोसँगै निमोनिया समेत भएकाले उनलाई परिक्षण पछि निमोनिया भएको भन्दै अस्पतालले जाँच गरेर औषधी समेत पठाएको तीन दिनसम्म निको नभए पछि पुनः अस्पताल ल्याईएको थियो । निमोनिया निको नभए पछि अस्पतालले टेकु जान सल्लाह दिएसँगै प्रहरीको टोलीले उनलाई धुलिखेल अस्पतालमा पठाएको थियो ।

अस्पतालले विरामीलाई आईसोलेसन वार्डमा भर्ना गरी उनको घाँटीको स्वाब परिक्षणका लागि टेकु अस्पताल पठाएको हो । उनको रिपोर्ट प्राप्त हुन ४८ घण्टा लाग्ने अस्पतालले जानकारी दिएको छ । आईसोलेसनमा बस्ने काभ्रेमा उनी पहिलो विरामी हुन् ।

त्यस्तै सरकारले कोरोना संक्रमित मुलुकबाट नेपाल फर्किएका नेपालीहरुलाई १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने अनिवार्य हुँदा पाँचखाल नगरपालिका घर भई दुबईबाट फर्किएकी एक महिला क्वारेन्टाईनमा नबसी घर आएको भन्दै प्रहरीले उनको खोजतलास गरिरहेको छ । प्रहरीले पक्राउ गरी उनलाई क्वारेन्टाईनमा राख्ने गरी खोजतलास गरेको हो ।

प्रतिक्रिया दिनुहोस्