लायन्स क्लबमा पनि कोरोना भाइरसविरुद्धको कार्यक्रम



न्युज अफ नेपाल,काठमाडौं।

बिभिन्न आठ वटा लायन्स क्लबको रिजन कन्फे्रन्स र लायन्स क्लब अफ लर्डबुद्धको चार्टरनाइट कार्यक्रममा अहिले संसार भरि महामारीका रुपमा फैलिएको करोना भाइरसका बारेमा चेतनामुलक कार्यक्रम गरिएको छ ।

रिजन चेयर पर्सन यमुना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ चिकित्सक डा सुमन बञ्जाडेले अहिले संसार भरि फैलिएको कोरोना भाइरस के हो ? यसबाट कसरी बच्ने भन्ने बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा लर्डबुद्धले बिगत बर्षमा गरेका सामाजिक कार्य र आगामी कार्यक्रमबारे जानकारी गराइएको कार्यक्रममा डिस्टक गभर्नर इन्दु लम्साल, लायन्सका लिडरहरु बालकृष्ण बुर्लाकोटी , भीमलाल पौडेल , राजन लम्साल , बरिष्ठ पत्रकार एवं नेपाली पत्रकारहरुको अन्तराष्टिय संजाल इन्जा एशियाका अध्यक्ष टंक पन्त , लर्डबुद्धका सस्थापक अध्यक्ष एवं जोन चेयर पर्सन बिष्णु प्रसाद भण्डारी, मन रोक्का , पार्बती खरेल पाण्डे , सरस्वती ज्ञवाली, देबी ज्ञवाली , इन्द्रकुमार श्रेष्ठ लगायतले लायन्स क्लबले समाज सेवामा खेलेको भुमिकाबारे उल्लेख गरेका थिए ।

सो कार्यक्रममा लर्डबुद्धको स्पोन्सरमा लायन्स क्लब अफ काठमाडौ लिटिल लर्डबुद्ध गठन पनि भएको छ । सो क्लबको अध्यक्षमा हेमराज साउद हुनुहुन्छ । सोही कार्यक्रममा लक्ष्मी कटेलेको अध्यक्षतामा लायन्स क्लब अफ लर्डबबुद्धको नयां कार्यसमितिको निर्बाचन र चार्टरनाइट कार्यक्रम पनि सम्पन्न भएको थियो ।

लायन्स क्लबले बिभिन्न जिल्लामा स्वास्थ्य शिबिर, प्राकृतिक प्रकोपमा सहयोग , शिक्षा , स्वास्थ्य , जस्ता नागरिकका लागि आबश्यक पर्ने समाजसेवाका उत्कृष्ठ कार्य गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्