जेसिज बेथान्चोक र नेकपा भुम्लुको नि:शुल्क बस,युवा र विद्यार्थीको जनचेतनामुलक फ्लेक्स



मोतीराम तिमल्सिना,काभ्रे।

उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द हुने भए पछि गाउँ फर्कन चाहनेहरुका लागि बेथान्चोक जेसिज, भुम्लु गाउँपालिकामा रहेको नेकपा गाउँ कमिटी लगायतका संघ संस्थाहरुले निशुल्क बस सेवाको ब्यवस्था गरेका छन् । युवा र विद्यार्थीहरुले जनचेतनाका लागि निशुल्क फ्लेक्स र पर्चा वितरण गरेका छन् ।

सर्वसाधारणको सहजताका लागि उक्त सेवा प्रदान गरेको सहयोगिहरुले बताएका छन् । बेथान्चोक जेसिजले बनेपाबाट प्रत्येक दूई दुई घण्टाको फरकमा बस सेवा शुरु गरेको अध्यक्ष राजेश तिमल्सिनाले जानकारी दिनु भयो । गाउँपालिका वडा अध्यक्ष भगवान घिमीरेले बसमा यात्रा गर्ने यात्रुहरुको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मीहरुको टोली र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनु भएको छ ।

बेथान्चोक गाउँपालिका वडा नम्वर २, डिगमान लामा बेथान्चोक ४, रविन्द्र पसक्षें पनौती ७ र माउन्ट महाभारत होमस्टे एण्ड रिट्रिटको सहकार्यमा वडा अध्यक्ष भगवान घिमीरे, जेसिजका संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना, अध्यक्ष राजेश तिमल्सिना, मोहनकृष्ण तिमल्सिना, कमल नेपाल, राजकुमार लामा, रामबहादुर राउत लगायतले बस सेवाका लागि सहयोग पु¥याएका छन् ।

बनेपाबाट विहान ८, १० दिउसो १२, २ र ४ बजे बस छुट्ने छ भने आउँदा जाँदा नै निशुल्क सेवा उपलब्ध गराईएको जेसिज अध्यक्ष राजेश तिमल्सिनाले बताउनु भयो । ‘बस उपलब्ध नहुने वा भएर पनि यात्रामा सहज होस् भन्ने उदेश्यले निशुल्क बस सेवा शुरु गरिएको हो’–अध्यक्ष तिमल्सिनाले भन्नुभयो–‘चैत्र ९ र १० गते दुबै दिन उक्त सेवा उपलब्ध हुनेछ ।’

त्यस्तै काभ्रेको कोशिपारी जान चाहनेहरुका लागि निशुल्क बस सेवा शुरु गरिएको छ । नेकपा भुम्लु गाउँपालिका कमिटीको बिषेश पहलमा निशुल्क काठमाडौं – भुम्लु गाउँपालिकासम्म यातायात ब्यवस्था गरिएको हो । उक्त सेवाले कोशिपारीको चौरीदेउराली गाउँपालिका जानेहरुका लागि पनि सहज भएको छ ।

बिश्वब्यापी फैलिएको कोभिड १९ प्रभाबलाई रोक्न शहरबाट गाउँ फर्कन चाहनेहरुका लागि उक्त सेवा शुरु गरिएको जिल्ला समन्वय समिति सदस्य एवं प्रवता नेकपा भुम्लु गाउँपालिका कमिटीका संयोजक प्रेम लामाले जानकारी दिनुभयो । काठमाडौको जडिबुटीबाट उक्त सेवा शुरु भईरहेको छ । दिउसो ३ बजे, विहान ११ बजे ५ वटा बस जानेछन् ।

प्रेम लामा, क्रन्ती लामा, युबक श्रेष्ठ, दिपक पराजुली, स्टार कुवँर लगायतको सहकार्यमा उक्त बससेवा संचालन भएको हो ।त्यस्तै नेकपा निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ र विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न स्थानमा कोरोना विरुद्धको जनचेतनामुलक फ्लेक्स राख्दै पर्चा वितरण गरेका छन् ।

युवा अध्यक्ष विक्रम चौलागाई र विद्यार्थी अध्यक्ष उपेन्द्र शर्माको नेतृत्वमा शहर तथा ग्रामिण क्षेत्रका विभिन्न स्थानमा उक्त अभियान शुरु गरिएको हो । यस अघि नेविसंघ काभ्रेले बनेपाका चारवटा विद्यालयका विद्यार्थीहरुलाई निशुल्क माक्स वितरण गरेको अध्यक्ष नृपेश बादेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्