कोभिड-१९ जोखिम न्युनीकरणका लागि अनेरास्ववियू नेता भण्डारीको आह्वान



न्युज अफ नेपाल,काठमाडौं ।

अनेरास्ववियूका नेता तिलक भण्डारीले संसारभर आतंकका रुपमा सिर्जना भएको कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट बच्न सबैलाई आह्वान गरेका छन् ।

उनले विश्वमै महामारीका रुपमा फैलिरहेको कोरोना संकटका बेला सबैलाई सतर्क रहन  अनुरोध गर्दै विभिन्न सात बुँदामा कोरोना विरुद्ध जुट्न आह्वान गरेका हुन् ।

यस्ता छन् उनका सात सुझाव :

अनधिकृत सुचना र अपवाहहरुले समाजमा सिर्जना गर्ने मनोबैज्ञानिक सन्त्रास लाई नियन्त्रण गरौं ।।

कोरोना सम्बन्धि सुचना र बिबरणहरु डिजिटल फर्म्याटमा विकास गरौं ।

१. सरकारले कोरोना सम्बन्धि सम्पुर्ण जानकारी सहित एप्सरप्रोटल संचालनमा ल्याउने ।

२.प्रयोगकर्ताले आफ्नो स्वास्थ स्थितिको विवरण भर्न पाउने व्यवस्था गरौं । जसको मद्दत ले नभय geo-classification गरेर कोरोना आउटब्रेक भएको सम्भावित ठाउँहरुको पुर्वानुमान गर्न सकियोस् ।

३.नेपालमा कोरोना संक्रमणको संकास्पद विरामी, संक्रमित लगायत सबै विबरण अपडेट गर्ने ।

४. विश्वका संक्रमीत, मृत्यु भएका र निको भएका विरामीको बिबरण अपडेट गर्ने ।

५.सरकारले कोरोना संग सम्बन्धि संघ, प्रदेश र स्थानीय तहमा विशेष युनिट निर्माण गरि सुचना र परिचालनमा एकद्वार प्रणाली लागू गर्ने ।

६. नेपालका सरकारी र नीजि अस्पतालको सबै क्षमता र व्यवस्थाको बारेमा अपडेट गर्ने ।

७. उद्धार तथा सहयोगका लागि सरकारी टोली र स्वयंसेवकको विवरण इन्ट्रि गर्ने र आवश्यक सहयोग एप्सको प्रयोग गरि लिन सकिने ब्यबस्था मिलाउने ।

प्रतिक्रिया दिनुहोस्