कोरोना सम्बन्धी पहिलो जनचेतनामुलक गीत (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

 

समय सान्दर्भिक सिर्जनाका लागी चर्चित नाम हो अम्बिका गुरुगं । लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार अम्बिका नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा निकै क्रियाशिल छिन् । मिलनसार स्वभाव, समाजलाई जसरी बुझ्यो उसैगरी गीतलाई टपक्क टिप्न सक्ने शैलीकी खानी अम्बिकाले समयानुकुन साहित्य शृजना गर्न रुचाउँछिन् ।

 

माया प्रेमका गीतमा गज्जबसँग बग्न सक्ने गीतकार अम्बिकाले पछिल्लो समय विश्वभरको जनजीवन प्रभावित बनाइरहेको कोरोनाको सचेतनाको विषयलाई लिएर बनाएको गीतको भिडियो सार्वजनिक भएसँगै राम्रो चर्चा पाइरहेको छ । अम्बिकाका शब्द शृजनामा चर्चित गीतकार तथा संगीतकार दीपक शर्माको संगीत रहेको गीतमा ध्रुब बिस्कोको स्वर रहेको कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक गीत लौन आयो के आयोको भिडियो सार्वजनिक भएको छ ।

 

गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । राज खड्काको निर्देशनमा तयार भएको भिडियोमा निर्देशक राज र सुरज अधिकारीको अभिनय रहेको गीतमा विष्णु खड्काको सम्पादन तथा बिजय लामाको छायांकन रहेको गीतले गरिब दिनदुखीले यो समस्याबाट कसरी पार पाउलान् भन्ने जनजनको प्रश्नलाई चोटीलो शैलीमा प्रहार गरेको छ ।

हेर्नुहोस् जनचेतनामुलक गीतको भिडियो:

प्रतिक्रिया दिनुहोस्