विप्लव समूहका जिल्ला ईन्चार्जसहित दुई पक्राउ



सञ्जय कार्की, रौतहट ।

नेत्र बिक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला ईन्चार्ज सहित दुई जना पक्राउ परेका छन ।

रौतहटको उत्तरी क्षेत्रको मकबानपुर सिमा जोडिएको चन्द्रपुर नगरपालिका– ३ अल्लाजोर महादेब डाडा बाट गएराती जिल्ला ईन्चार्ज कुमार राई भनिने मानबहादुर राई र अर्का भातृसंगठन युबा संघका जिल्ला अध्यक्ष जगत भनिने कमल गुरुङ्ग लाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।

उनीहरुको साथ बाट एक थान नलकटुवा पेस्तोल सोमा लाग्ने दुई राउण्ड गोलि, एक थान हैण्ड ग्रिनेड र सात थान मोबाईल सेट बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । उनीहरु जङ्गलमा हिडिरहेको अबस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्