फोटो पत्रकारका लागि विषेश सूचना जारी, सुरक्षित रही काम गर्न आग्रह



न्युज अफ नेपाल, काठमाडौँ ।

फोटो पत्रकार क्लब, नेपालले विभिन्न संञ्चार माध्यमा कार्यरत फोटो पत्रकारहरुका लागि विषेश सूचना जारी गरेको छ ।

विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा तथा सतर्कता अपनाउन फोटो पत्रकारलाई आग्रह गर्दै क्लबले सूचना जारी गरको हो । सूचनामा पत्रकारलाई कार्य क्षेत्रमा खटिदा सुरक्षित रही कार्य गर्न आग्रह गरिएको छ ।

कोरोना (कोभिड–१९) का बारेमा तस्बिर संकलन तथा सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु :

१. कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका अधारभूत उपायहरु अपनाऔं ।

२. कामका फिल्डमा खटिदा सकेसम्म अलि टाढै बसी तस्बिर खिचम ।

३. जहासम्म अनुमती छ त्यही सम्म मात्र गएर तस्बिर खिचम ।

४. संक्रमित वा हुनसक्ने स्थानहरुमा सकेसम्म नजाउ, जानैपरे सुरक्षाका आधारभूत सामग्री वा साधन प्रयोग गरी मात्र जाउ ।

५. इमेलमार्फत् तस्बिर फाइल गरौं ।

६. सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं र गरौं ।

७. अत्यावश्यक बाहेकका भेटघाटहरु नगरौं ।

८. समय समयमा साबुन पानीले हात धुने वा स्यानेटाईजरको प्रयोग गरौं ।

९. अनावश्यक रुपमा हातले आँखा, नाक मुखछुने नगरौ ।

१०. भेटघाटमा हात मिलाउने अंकमाल गर्ने भन्दा नमस्कार गर्ने गरौं ।

११. सकेसम्म भिडभाड हुने स्थानहरुमा नजाऔ ।

१२. भिडभाडमा जादा अनिवार्य मास्कको प्रयोग गरौं ।

१३. भिडभाड र कार्यलयमा रहदा ३ फिटको दुरी कायम गरौं ।

१३. सकिन्छ भने घर बाहिर जाँदा अर्काले छुएको बसेको कुर्सी र सामानमा आफ्नोले पनि छोएको छ भने लुगा धुने गरौँ ।

१४. ज्वरो आएको छ भने घरमै बसौँ । नआत्तिऔँ । ज्वरो, खोकी र सास फेर्न गाह्रो भए सरकारले दिएको नंबरमा फोन गरौँ । प्राप्त निर्देशन अनुसार पछि मात्रै अस्पताल जाऔं ।

१५. बृद्ध र दीर्घरोगी घरका अग्रजलाई बिषेश ध्यान दिऔं ।

१६. सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गरेको सुरक्षाका उपायहरु अपनाऔं ।

१७. सरकार तथा कोरना नियन्त्रणका लागी खटिएका संघ संस्था तथा कार्मचारी आदीसग समन्वय गदै आफनो कार्य गरौं ।

दिपेश श्रेष्ठ

प्रवक्ता, फोटो पत्रकार क्लब

 

प्रतिक्रिया दिनुहोस्