साथीलाई कोरोना लागेको भन्दै फेसबुकमा अफवाह फैलाउने छात्रा कलेजबाट निलम्बित



न्युज अफ नेपाल, वीरगन्ज ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नै साथीलाई कोरोना संक्रमण भएको भन्दै स्टाटस लेख्ने एक छात्रालाई कलेजले निलम्बन गरेको छ ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा अध्ययनरत एक छात्रालाई साथीका बारेमा गलत हल्ला फैलाएको भन्दै कलेजले ६ महिनाका लागि निलम्बन गरेको हो । संक्रमित भनिएकी छात्रा भारतको महाराष्ट्र राज्यकी हुन् । घरबाट फर्किएकी उनलाई ज्वरो र रुघाखोकी लागेपछि बिहीबार बेलुका मेडिकल कलेजकै अस्पतालमा स्वास्थ्य चेकजाँच गरिएको थियो ।

कोरोना संक्रमण भए नभएको परिक्षणका लागि उनलाई काठमाडौं पठाइएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्