‘बेबी डल’ की गायिका कनिका कपूरलाई कोरोना संक्रमण भएको पुष्टि



एजेन्सी । चर्चित भारतीय गीत ‘बेबी डल’ की गायिका कनिका कपूरलाई कोरोना संक्रमण भएको छ ।

शुक्रबार कोरोना भाइरस परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि कपूरलाई लखनऊको किंग जर्ज मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको छ ।

४१ वर्षीया कपूर केही दिनको लन्डन बसाईपछि १५ मार्चमा भारत फर्किएकी थिइन् । फर्किए लगत्तै उनले साथीहरु र परिवारका सदस्यका लागि भव्य पार्टीको आयोजना समेत गरेकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार ब्यूरोक्रेट्स, राजनीतिज्ञ र समाजवादीहरु समेत सो पार्टीमा उपस्थित भएका थिए ।

कपूलाई कोरोना संक्रमण देखिएपछि पार्टीमा उपस्थित भएका सबैलाई कोरोना जाँच गर्ने वा नगर्ने भन्ने बारेमा मेडिकल अधिकारीहरू समेत अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्