प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले शुक्रबार अपरान्ह ६ बजे सम्बोधन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । विश्वव्यापी माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट देशवासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले साँझ ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट देशवासीका नाममा सम्बोधन गर्ने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्