प्रेमिकाले ललितलाई बाइक नभएकोमा जिस्काएपछि



एजेन्सी । प्रेमिकालाई देखाउन ८ वटा बाइक चोर्ने युवक पक्राउ परेका छन् । प्रेमिकाले बाइक नभएकोमा जिस्काएपछि ८ वटा बाइक चोर्ने नयाँ दिल्लीका एक युवक शनिबार पक्राउ परेका हुन् ।

भ्यालेन्टाइनडेका समयमा प्रेमिकाले उनको आफ्नो बाइक नभएको गिज्याएपछि उनले प्रेमिकाका लागि एउटा मात्र नभएर थुप्रै बाइक ल्याइदिन सक्ने हिम्मत जुटाए ।

उनले साथीहरुसँग मिलेर बाइक चोर्ने योजना बनाउन थाले । ललित नामका उनले साथी साहिदसँग मिलेर महंगा महंगा बाइकहरु चोरी गर्न थाले । प्रहरीले लाइसेन्स प्लेट नभएको महंगो बाइकमा दुई युवालाई देखेपछि पछ्यायो र उनीहरुलाई रोकेर सोधपुछ गर्न थाल्यो । उनीहरुले बाइक चोरी गरेको पुष्टि भयो ।

उनीहरुले पनि आफूहरुले चोरी गरेको स्विकार गर्दै हालसम्म ८ वटा मोटरसाइकल चोरी गरेको बताए र प्रेमिकालाई प्रभावित पार्न बाइक चोरी गरेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्