भारतमा कोरोनाका नाम अन्धविश्वास फैलाउँदै



नयाँदिल्ली (एजेन्सी)

भारतमा अन्य देशको तुलनामा कोरोना भाइरस संक्रमण कम मात्र देखिएको छ । तर यहाँ भाइरसबाट बच्नका लागि कयौं प्रकारका भ्रामक सल्लाह नागरिकहरुलाई दिइरहेका छन् । धार्मिक राजनितिमा लिप्ट नेताहरु नागरिकमा अन्धविश्वास फैलाउन उद्यत देखिएका छन् ।

 

भारतमा कयौं रोगको उपचारमा गौमुत्र र गाइको गोबरको प्रयोग परम्परागत मान्यताका आधारमा प्रचार भइरहेको पाइन्छ । सत्तारुढ भारतिय जनता पार्टीका एक सांसद सुमन हरिप्रियाले कोराना भाइरसको उपचारका लागि पनि यसको प्रयोग गर्न सल्लाह दिएकी छिन् ।

उनले भनिन् ( गाईको गोबरका कयौं फाइदा छन् । मलाई लाग्छ , यसले कोरोना भाइरसलाई समाप्त पार्न सक्छ, गोमुत्र पनि सहयोगी हुन सक्छ ।

गौमुत्रको सम्भावित एन्टि ब्याक्टेरियल गुणलाई लिएर पहिले पनि कयौं प्रकारबाट अध्ययन भइसकेको हो ।

कोरोना भाइरस विरुद्ध गौमुत्रको प्रयोगलाई प्रोत्साहन गर्न एक हिन्दु राष्ट्र्वादी समुहले भारतको राजधानी दिल्लीमा गौमुत्र सेवनको कार्यक्रमको आयोजना गर्यो ।

तर इन्डियन भाइरोलोजिकल सोसाइटीका डाक्टर सैलेन्द्र सक्सेनाले भने ( त्यसतो कुनै चिकित्सकिय प्रमाण छैन, जसबाट गौमुत्रमा एन्टि भाइरल गुण हुन्छ भन्ने संकेत दिन्छ ।

गाईको गोबरको प्रयोग त झन उल्टो काम पनि गर्न सक्छ । किनभने हुनसक्छ, यसमा कोरोना भाइरस छ र मानवमा आउन सक्छ, ( उनले भने ।

सन् २०१८ देखि काउपेथीले गाईको गोबरबाट बनेको साबुन बाहेक अल्कोलक फ्रि ह्यान्ड सेनिटाइजर अनलाइन बेचिरहेको छ , जसमा स्थानिय गाईको गौमुत्र मिसाइएको हुन्छ ।

माग बढेकोले प्रति ग्राहकलाई उत्पादन बेच्ने सीमा तय गरिएको र सबै ग्राहकलाई पुर्याउने प्रयास भइरहेको उक्त सामान उत्पादकको वेबपेजमा उल्लेख गरिएको छ ।

त्यसैगरी चर्चित योग गुरु राम देव बाबाले एक हिन्दी समाचार च्यानलमा नागरिकहरुलाई घरमै हर्बल ह्यान्ड सेनिटाइजर बनाउन सल्लाह दिएका छन् । उनले आयुर्वेदिक जडीबुटी गिलोय, बेसार र तुलसीको पातको सेवनबाट कोरोना भाइरस रोक्न मद्दत मिल्ने बताएका थिए ।

तर विश्व स्वास्थ्य संगठन र अमेरिकाको डिजिस कन्ट््रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अल्कोहल युक्र ह्यान्ड सेनिटाइजरको प्रयोग गर्नु आवश्यक छ ।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्र्पिकल मेडिसिनका प्रोफेसर सेली ब्लोमफिल्डका अनुसार कुनै पनि घरमा बनाइएको सेनिटाइजर उपयोगी हुँदैन किनभने भोड्कामा पनि मात्र ४० प्रतिशत मात्र अल्कोलह हुन्छ ।

शाकाहारी

केही दिन देखि हरियाणाका स्वास्थ्य मन्त्री अनिल विजले नागरिकहरुलाई मासु नखान अपिल गरिरहेका छन् । उनले ट्विमा पनि भनेका छन्, ।।। शाकाहारी रहनु ।।।

फरक फरक जनावरको मासु खाएर मानवताका लागि खतरा बन्ने कोरोना भाइरस जस्ता भाइरस उत्पती नगर्नु ।

त्यसैगरी एक हिन्दु राष्ट्र्वादी समुहले कोरोना भाइरस मासु खानेहरुलाई सजायँ दिनका लागि आएको दावी गरेका छन् । भारतमा यसले मासु र अन्डाको विक्री धेरै खस्केको छ ।

पशुधन उत्पादनको काम हेर्ने मन्त्रालयले अन्डा र कुखुराको विक्री अत्यन्त न्युनमा झरेको जानकारी दिए । त्यसपछि भारत सरकारको तथ्य जाँच सेवाले उक्त दावीको खन्डन गर्दै विज्ञप्ती नै जारी गरे ।

त्यसैगरी सरकारका मन्त्री गिरीराज सिंहले भारतिय खाद्य नियामकलाई यसको कुनै प्रमाण प्राप्त नभएको बताए । उनले भने ( कोरोना भाइरस माछा, कुखुरा र अन्डा खाना फैलिँदैन । कुखुराको मासु र माछा लगायत अन्डा प्रोटिनको महत्वपुर्ण श्रोत हो । त्यसैले यो बिना डर खाए हुन्छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमित संख्या १ सय ७५ पुगिसकेको छ । यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिएको छ । समुदाय स्तरमा फेलिन सक्ने तेस्रो चरणको नियन्त्रणका लागि भारत सरकारले कडा कदम चालिरहेको छ । नागरिकहरुलाई अनावश्यक यात्रा नगर्न, सरसफाइमा ध्यान दिन, संका लागेमा स्वास्थ्य कर्मीको सहयोग लिन तथा क्वारेन्टाइनमा बस्न निर्देशन जारी गरिसकेकोछ । रेल सेवाको संख्यामा कटौती गरिसकेको छ भने कयौं विदेशी उडानहरुमा पनि ब्यापक प्रतिबन्ध लगाइसकेको छ ।

युरोपमा स्थिति भयावह बन्दै

युरोपमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको आंकडामा बृद्धी जारी रहेको छ । इटालीमा विगत २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी ४ सय ७५ को मृत्यु भइसकेको छ । इटालीले त्यहाँको लकडाउनको अवधि पनि बढाएको छ ।

इटालीको अहिलको भयावह स्थितिलाई हेरेर त्यहाँ मृत्यु हुनेको संख्या चीनमा मृत्यु हुनेको आधिकारिक संख्या ३ हजार २ सय ४५ लाई उछिन्ने अनुमान गरिएको छ ।

फ्रान्सका अधिकारीहरु लकडाउनको नियम तोडिरहेकोमा नागरिकसँग रिसाइरहेका छन् । फ्रान्समा पनि अहिलेसम्म ९ हजार १ सय ३४ संक्रमित पुगिसकेको छ भने २ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्