कोरोनाले कैदीहरु भागाभाग



ब्रासिलिया (एजेन्सी)

कोरोना भाइरस विरुद्ध ल्याटिन अमेरिकी देश ब्राजिल सरकारका तर्फबाट चालिएका कदमको विरोध गर्दै साओ पाउलोका ४ ओपन जेलबाट १ हजार ५ सय कैदी भागेका छन् । मोंगागुआ, ट्र्ेमेम्बे, पोर्टो फेलिज र मिरान्डा पोलिसका जेलहरुमा कोरोना संक्रमण रोक्न सरकारले क्वारेन्टाइन प्रक्रियाका लागि कदम उठाएका थिए ।

 

यसका कारण कैदीहरु डराएर भागेका हुन् । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका २ सय ३४ मामिला पुष्टि भईसकेको छ । महामारी घोषित भइसकेको कोरोना भाइरसको प्रकोप विश्वमा लगातार बढिरहेको छ र हरेक दिन यसको नयाँ संक्रमण आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्