सञ्जीव र कमलको सात सुर



गायक सञ्जीव पराजुली र कमल खत्रीद्वारा स्वरबद्व सात सुरमा बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।
गीतमा कमलकै शब्द र संगीत छ। द भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिएको भिडियो निकै आकर्षक बनेको छ। सेमी क्लासिकल फ्लेभरको गीतको भिडियोमा गायकद्वय कमल र सञ्जीव फिचर्ड छन्।

भिडियोमा वाद्यवादनका सदस्यहरू कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर, विक्रम थापा, रिकेश गुरुङ र कृष्ण सापकोटा पनि छन्। गुरु चन्दन श्रेष्ठको तरना रहेको गीतमा रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ। लक्ष्मण पौडेलको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारी र उनको समूहको छायांकन छ। भिडियोमा सोहन मानन्धरको सम्पादन रहेको छ। भिडियोलाई गायक सञ्जीव पराजुलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्