तिमीलाई छोडेर भिडियोमा



गायक गायिका विशाल श्रेष्ठ र अन्जु पन्तको तिमीलाई छोडेर बोलको गीत सार्वजनिक भएको छ। बाल्यकालदेखि नै गायनमा रुचि भएका गायक श्रेष्ठ पेसाले सिभिल इन्जिनियर पनि हुन्।

तर, उनको गायक बन्ने ठूलो सपना भएकाले हालै मात्र गायिका पन्तसँग सहकार्य गरेका छन्। गीतमा संगीत, शब्द र एरेन्ज निम संगीतको रहेको छ।

एकछिन पनि आफ्नो प्रेमीलाई छोड्न मन नभएको भावले भरिएको गीतको म्युजिक भिडियोमा राजन ढकाल र सुजना ढकालले अभिनय गरेका छन्। शिव विकको कोरियाग्राफी, परिकल्पना र निर्देशनमा बनेको भिडियो रक कौशलले खिचेका छन् भने पदम सुवेदीले सम्पादन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्