एल्भसका खेलाडीलाई कोरोना



लन्डन, (एजेन्सी)

स्पेनिस क्लब डेपोर्टिभो एल्भसले टिमका १५ खेलाडी कोरोना संक्रमित भएको बताएको छ।

कोरोनाको प्रकोप विश्वव्यापीरूपमा बढ्न थालेपछि एल्भसले प्रशिक्षण स्थगित गर्दै खेलाडीलाई कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा राखेको थियो। जसमध्येका १५ खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो। तीमध्ये ३ जना सिनियर टिमका खेलाडी रहेका छन्।

एल्भसले उक्त खेलाडीसँग सम्पर्कमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ। त्यस्तै उनीहरूका परिवारको पनि परीक्षण हुने बताएको छ। एल्भस ला लिगामा कोरोना संक्रमण भेटिएको तेस्रो क्लब हो। यसअघि इस्प्यान्योल र भ्यालेन्सियाका खेलाडीमा पनि कोरोना भेटिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्