न्युजिल्यान्डका एलिसले लिए संन्यास



लन्डन, (एजेन्सी)

सेन्टरबरी र न्युजिल्यान्ड टिमका अउलराउन्डर बलर एन्ड्रयु एलिसले १८ वर्षे खेल जीवनबाट संन्यास लिएका छन्। सन् २००२/०३ मा क्रिकेटमा करियर शुरू गरेका उनले बिहीबार संन्यास लिएको घोषणा गरेका हुन्।

एलिसले २०१२ र २०१३ मा १५ एकदिवसीय र पाँच टी–२० खेलेका छन्। एलिस न्युजिल्यान्डको घरेलु इतिहासमा फस्ट क्लास १ सय ६, लिस्ट ए १ सय ३३ र १ सय २७ टी–२० मध्ये प्रत्येक प्रारूपमा १ सयभन्दा बढी खेल खेल्ने दोस्रो खेलाडी हुन्।

अन्तर्राष्ट्रिय डेब्यु गर्नुभन्दा पहिले एलिसले घरेलु सर्किटमा बिताएको १० वर्षमा उनले स्वास्थ्य अवस्थाका कारण तनावको सामना गर्नुपरेको थियो। अप्रिल २०१० मा गरिएको शल्यक्रियापछि उनले लगातार खेल्दै न्युजिल्यान्डको टिममा स्थान बनाएका थिए।

उनले न्युजिल्यान्डबाट २०१२ मा जिम्बावेविरूद्धको एकदिवसीय क्रिकेटको शुरुआत गर्दै वेस्टइन्डिज र श्रीलंका भ्रमण गर्नुअघि दक्षिण अफ्रिकाविरूद्ध पनि घरेलु शृंखला खेलेका थिए।

उनले १५ एकदिवसीय खेलमा ३५.४१ को औसतमा १२ विकेट मात्र हासिल गर्न सफल भए। उनको टी–२० करियर भने अझ छोटो रहेको छ। उनले ५ खेलमा मात्र दुई विकेट लिएका छन्।

२०१४/१५ र २०१५/१६ सत्रमा एनएजसीद्वारा दुईपटक पुरुषको डोमेस्टिक खेलाडीका रूपमा नाम कमाउन एलिस एक मात्र खेलाडी थिए। २०१६/१७ सिजन उनको करियरको मुख्य आकर्षण बन्यो। उनले कप्तानका रूपमा पहिलो वर्षमा प्लन्केट शिल्ड र फोर्ड ट्रफी दुवै उचालेका थिए।

खखखखख

प्रतिक्रिया दिनुहोस्