नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर चाँगुनारायणमा



काठमाडौं, (नेस)

नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ, नयाँ खुलेको दुवाकोटास्थित विस्तारित (एक्सटेन्सन) काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ। यो काठमाडौंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ।

दुवाकोटको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालित हुनेछ। यो नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) को १७औं एक्सटेन्सन काउन्टर हो, जो हाम्रा ग्राहकको वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको हो।

एनआईबीएलले ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर तथा ५६ शाखारहित बैंकिङ काउन्टर मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्