शेयर बजारमा झिनो सुधार



काठमाडौं, (नेस)

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। बिहीबार नेप्सेमा १३ दशमलव ५० अंकले वृद्धि भई १२६९ दशमलव ३० बिन्दुमा पुगेको छ।

कूल १७३ कम्पनीको ५१ लाख ६ हजार ६८१ कित्ता शेयर १ अर्ब ९० करोड ३१ लाख ४२ हजार रुपियाँमा कारोबार भएको छ। कारोबार भएका १२ समूहमध्ये पाँच समूहको परिसूचक घटेको छ भने सात समूहको शेयर बढेको छ।

बैंकिङ समूह १३ दशमव ६५, जलविद्युत् समूह ९ दशमलव १६, निर्जीवन बीमा समूह ७७ दशमलव ३२, अन्य समूह ५ दशमलव ६५, लघुवित्त समूह २० दशमलव ५९, जीवन बीमा समूह १४० दशमलव ५ र
सामूहिक लगानी कोष शून्य दशमलव शून्य १ प्रतिशतले वृद्धि भएको छ।

यस्तै व्यापार समूह १ दशमलव ३६, होटल समूह ४ दशमलव ८१, विकास बैंक समूह ३ दशमलव २७, वित्त समूह ६ दशमलव ५४ र उत्पादन २ दशमलव २ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ।

सो कम्पनीको ३१ करोड ३३ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ। साथै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ३१ लाख, एनआईसी एसिया बैंकको ९ करोड ६५ लाख रुपियाँको शेयर किनबेच भएको छ।

बिहीबार जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् छन्। सो कम्पनीका शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ। यस्तै, राधी विद्युत् कम्पनीको ९ दशमलव ५५ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ।

समग्र परिसूचकमा दोहोरो अंकको सुधार हुँदा पनि सेन्ट्रल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंकलगायतका कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस दिन सेन्सेटिभ परिसूचकसमेत २ दशमलव शून्य ३ अंकले बढेर २७३ दशमलव ८२ बिन्दुमा पुगेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्