बैंकिङ क्षेत्रमा कोरोनाको असर अध्ययन हुँदै



परिवर्तन देवकोटा, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) बाट बैंकिङ क्षेत्रमा असर परेको अवस्थामा त्यसलाई सम्बोधन गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ क्षेत्रमा पर्ने असरलाई राष्ट्र बैंकले सम्बोधन गर्ने बताउनुभएको हो।

होटल, पर्यटन, उद्योगलगायतका मुलुकको अर्थतन्त्र धान्ने क्षेत्रमा कोरोना भाइरसको नकारात्मक असर पर्न शुरू भइसकेको छ। सम्बन्धित व्यवसायीले असरको क्षति न्यूनीकरण गर्नका लागि ब्याजदर घटाउने, घर भाडा घटाउनेलगायतका माग राष्ट्र बैंक तथा सरकारसँग गरिरहेका छन्। यी क्षेत्रमा पर्दै गरेको असरबारे नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले अध्ययन गरिरहेको शिवाकोटीले जनाउनु भएकोछ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै काबा गभर्नर शिवाकोटीले राष्ट्र बैंकले सम्भावित जोखिमबारे अध्ययन गरिरहेको बताउँदै अध्ययन प्रतिवेदनका आधारमा अघि बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो–‘सम्भावित जोखिमबारे अध्ययन गरिरहेका छौं, अध्ययनका आधारमा के गर्नुपर्छ हामी गर्छौं।’

का.बा. गभर्नर शिवाकोटीले शुक्रबार बैंकरहरूसँग छलफल गर्ने कार्यक्रम छ। बैंकले कोरोना भाइरसको त्रास र संक्रमणले पार्ने असरबाट बच्नका लागि के गर्दैछ ? भविष्यमा बैंकको सेवा निरन्तरता दिनका लागि बैंकरहरूसँग भएको योजना सुन्ने र अहिलेको अवस्थामा भन्दा भोलि कोरोना संक्रमण र त्रास बढेमा बैंकहरूले कसरी अगाडि बढ्छन् भन्ने विषयमा उहाँले बैंकरसँग धारणा माग्नुहुनेछ।

पहिचान गरेका क्षेत्रमा आवश्यक परेमा राष्ट्र बैंकले ब्याजलाई पुँजीकरण गर्ने, ऋण तिर्ने समय थप गर्नेलगायत अन्य केही प्याकेजहरू दिन सक्ने उहाँले बताउनुभयो। सरकारले विभिन्न क्ष्ँेत्रमा काम कारबाही बन्द गरिसकेको छ। सर्वोच्च अदालतदेखि शिक्षण संस्थासम्म बन्द भइसकेका छन्।

नेपाल राष्ट्र बैंकले बैंकहरू भने बन्द नगरिने जनाएको छ। का.बा. गभर्नर शिवाकोटीले बैंकहरू बन्द गर्दा सेवाग्राही समस्यामा पर्ने बताउँदै बरू भुक्तानी प्रणालीलाई डिजिटलाइज गरी सेवाग्राहीसामु पु¥याइनेतर्फ काम भइरहेको उहाँले बताउनुभयो।

उहाँले भुक्तानी प्रणालीलाई सहज बनाउनका लागि बैंकिङ क्षेत्रलाई निरन्तर सञ्चालन गर्ने वातावरण तय गर्ने स्पष्ट पार्नुभयो। उहाँले डिजिटल क्षेत्रबाट भुक्तानी गर्दा केही सहुलियत दिनेलगायतका कामसमेत गर्ने बताउनुभयो।

बैंकहरूलाई कुनै पनि हालतमा बन्द नगरिने उहाँले दाबी गर्नुभयो। उहाँले भन्नुभयो–‘बैंक कुनै हालतमा बन्द हुँदैन, जनमानसले बैंकमा रहेको आफ्नो पैसा निकाल्न पाएनन् भने के खाने ? त्यसैले बैंक बन्द गर्दैनौं।’

का.बा. गभर्नर शिवाकोटीले शुक्रबार बैंकरहरूसँग छलफल गर्ने कार्यक्रम छ। बैंकले कोरोना भाइरसको त्रास र संक्रमणले पार्ने असरबाट बच्नका लागि के गर्दैछ ? भविष्यमा बैंकको सेवा निरन्तरता दिनका लागि बैंकरहरूसँग भएको योजना सुन्ने र अहिलेको अवस्थामा भन्दा भोलि कोरोना संक्रमण र त्रास बढेमा बैंकहरूले कसरी अगाडि बढ्छन् भन्ने विषयमा उहाँले बैंकरसँग धारणा माग्नुहुनेछ। बैंकरहरूको धारणा सुनेपछि केही निर्देशनहरू समेत हुने उहाँले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्