सिराहामा भट्टी तथा मदिरा नियन्त्रण अभियान जारी



सुभेन्द्र,दास लहान।

सिरहा मातहतका प्रहरी कार्यलयहरुले भट्टी तथा मदिरा नष्ट गर्ने विशेष अभियान जारी राखेका छन्। अभियान अन्तर्गत ईलाका प्रहरी कार्यलय लहानले सिरहाको धनगडिमाई नगरपालिकामा मदिरा बनाउने भाडा ४२ वटा, ५०० सय लिटर धरेलु मदिरा , २ हजार लिटर कच्चापदार्थ, ४२ वटा मदिरा बनाउने भाडो बरामद गरि स्थानीय ,जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीले जानकारी दिएका छन्।

डिएसपी क्षेत्रीका अनुसार घरेलु मदिरा सेवनबाट धनुषामा २१ जनाको ज्यान गएपछि,हामि निरन्तर यस अभियानमा लागि रहेको भए पनि स्थानीय सरकारले यसमा कुनै चासो नदेखाएको देखियो ,प्रहरीले एक्लै गरेर यो अभियान कहिले पनि सफल हुन् सक्दैन त्यसैले यस अभियान लाई सफल बनाउन अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेहरु लाई स्थानीय तह हरुले पहिलो पटक सम्झाई-बुझाइ गर्नु पर्छ, त्यस पश्चात बुझेन भने सेवा सुविधा बाट पनि बन्चित गर्नु पर्ने उहाको धारणा रहेको छ।

यसै बीच घरेलु मदिरा बिशेष नियन्त्रण अभियान अन्तर्गत जिल्ला सिरहा लक्ष्मीपुरपतारी गापा. वडा नं. ६ स्थितबाट प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा संचालन गरेको तयारी मदिरा १३० लिटर , कच्चा पदार्थ ५८० लिटर, भाँडाकुडा १५ थान र मदिरा बनाउँने भाडा २ थान समेत बरामद गरी स्थानिय प्रतिनिधीहरुको रोहवरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्