नेपाल भारत संचालन हुने बसमा अवैध धन्दा,करिव डेढ लाखका सामान बरामद



यमलाल भुसाल,बुटवल।

भारतको दिल्लीबाट नेपाल आउदै गररेको यात्रु बाहक बसमा भन्सार छली लुकाई ल्याउदै गरेको ठुलो परिमाणका सामान प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार सुरक्षा गस्ती) रुपन्देहीबाट खटिएको टोलीले दिल्लीबाट बुटवलतर्फ आउदै गरेको लु.२ ख. ३४८५ नम्बरको नेपाल भारत चल्ने यात्रुबाहक बसमा फल्स बटन बनाई लुकाई छिपाई ल्याउदै गरेको विभिन्न किसिमका लत्ताकपडा, मदिरा, केमिकल तथा ईलेक्ट्रोनिक्स सामान बरामद गरी भन्सार चलान गरेको जनाएको छ ।

प्रहरीले विहिवाररुपन्देही सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छलि गरि ल्याएको १लाख ४१हजार,७ सय मुल्य वरावरका सामान सहित बस ,बसका चालक र सह चालकलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाएको जनाएको छ ।

विगत केही दिन देखि यस गुल्मको विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएर र विगत केही दिन यस्तो किसिमको साधनहरुमा फल्स बटन बनाइ समानहरु नेपाल ल्याउने गरेको सूचनाको आधारमा चेकजाँच गर्दा सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्