नगरप्रमुख साह नेकपामा प्रवेश



कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप साह नेकपामा प्रवेश गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा स्वातन्त्रबाट नगरप्रमुख निर्वाचित भएका साहलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता मात्रृकाप्रसाद यादवले काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा प्रवेश गराई स्वागत गर्नुभएको हो ।

साहसँगै कृष्णनगरका युवा व्यवसायी इस्लाम खान पनि नेकपामा प्रवेश गरेको हो । प्रमुख साहले नेकपाको नीति राम्रो भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्