नेपालमा कोरानाविरुद्ध सचेतना फैलाउन अमेरिकाकोे २१ करोड सहयोग



न्युज अफ नेपाल,काठमाडौं ।

विश्वभर कोरोना भाइरस अर्थात् कोभिड १९ ले आतंक मच्चाईरहेको भन्दै नेपालमा पनि सचेतना मूलक कार्यक्रम गर्नका लागि सहयोग स्वरुप अमेरिकाले नेपाललाई २१ करोड (१.८ मिलियन अमेरिकी डलर) रुपैयाँ बरारको आर्थिक सहयोग गर्ने भएको छ।

अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआइडी)मार्फत् नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त रकम उपलब्ध गराउन लागेको नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिएका छन्।

यसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्ध थालेको तयारीलाई सहयोग पुर्‍याउने राजदूत बेरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्