अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध



न्युज अफ नेपाल, वीरगञ्ज ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ को वडास्तरीय बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले बालविवाह रोक्नका लागि यस्तो उपाए अपनाएको हो । विभिन्न सामाजिक सञ्जाल लगाएत फोन सम्पर्कले बालविवाह बढाएको निष्कर्ष निकाल्दै बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सरकारले तोकेको उमेर अनुसार २० वर्ष नपुग्दासम्म विवाह गर्न पाइदैन ।

अहिलेको बढ्दो समाजिक सञ्जाल प्रयोगका कारण बच्चाहरु सानै उमेरमा कुबाटोमा लागेको जनप्रतिनिधिहरुले बताए । उनीहरुका अनुसार उमेर नपुग्दै केटाकेटीहरु घर छाडेर भागेपछि छोराछोरी भागेको गुनासो लिएर आमाबुबा जनप्रतिनिधिलाई गुहार्न आउने गर्दछन् । यस समस्याको समाधानका रुपमा यस्तो निर्णय लिइएको उनीहरुले बताए ।

तर, अविवाहित केटालाई भने मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छैन । केटाहरु कामको शिलशिलामा घरबाहिर निस्कनु पर्ने भएकाले उनीहरुमाथि भने यस्तो प्रतिबन्ध नलगाइएको प्रतिनिधिहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्