कोेरोनाको सम्भावित संक्रमण रोक्न बेसीशहर नगरपालिकाले हेल्थ डेस्क स्थापना गर्ने



शिक्षा पन्त, लमजुङ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्नको लागि बेसीशहर नगरपालिकाले हेल्थ डेस्क स्थापना गर्ने भएको छ ।

नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि पूर्वतयारी तथा सावधानी, रोकथाम र नियन्त्रणका लागि नगरपालिका विपद् व्यवस्थापन समितिले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन सँगै आवश्यक सजगता अपनाउन महत्वपूर्ण निर्णय गरेको नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक एवं बेसीशहर नगरपािलका प्रमुख गुमानसिहं अर्यालले बताउनुभयो । कोरोना भाइरसको संक्रमण भए नभएको बारे चेकजाँच गर्नको लागि वडा नं ७ को मनाङे चौतारास्थित डिभिजन वन कार्यालय परिसरमा हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय गरेको बेसीशहर नगरपालिका प्रमुख अर्यालले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन कोषबाट रु.१ लाख १० हजार बजेट स्वास्थ्य चेकजाँचको र आवश्यक स्वास्थ्य सामाग्रि खरीदका लागि विनियोजन गर्ने निर्णय गरेको छ । सम्पूर्ण नगरबासीहरुलाई कोरोना भाइरसको लक्षण,रोकथाम तथा बच्ने उपयाहरुबारे जानकारी दिने उदेश्यले ११ वटै वडाहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र वडास्तरमा यस सम्बन्धी संयन्त्र निर्माण गर्ने भएको छ । यसैगरी नगरपालिकाले नगरपालिका विपद् व्यवस्थापन कोषबाट जिल्ला सामुदायिक अस्पतालमा आईसोलेशन कक्ष स्थापनाको लागि रु.दुईलाख सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरसको जोखीम न्यूनीकरण तथा प्रतिकार्यको लागि नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज सिंह बोहोरालाई फोकल पर्सन तोक्केको छ भने कोराना भाइसरको त्रास फैलन नदिन र सर्तकता अपनाउन सञ्चार माध्यमबाट सन्देशमूलक सूचना प्रसारण प्रकाशन गर्ने निर्णय गरेको छ । कोरोनाको बहानामा खाद्य वस्तुको अभाव हुन नदिन नगरपालिकाले हालैमात्र बजार अनुगमन गरेको र उपभोक्ताबाट गुनासो आएमा तथा आवश्यकता परेमा अनुगनम कार्य तुरन्तै गरिने भएको छ । बेसीशहर नगरपालिकाका भित्र कार्यरत स्वास्थ्यकर्मी अत्यावश्यक कार्यबाहेक विदामा बस्न नपाउने बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

त्यस्तै स्वास्थ्य कार्यालयसँग समन्वय गरी कोरोना प्रतिकार्य योजना बनाउने र क्वारेन्टाइन क्षेत्र तोक्ने सम्वन्धमा भने अवस्था हेररे मात्र अघि बढ्ने नगरपालिकाकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्