मेगा बैंकका ग्राहकलाई घरमै नर्सिङ सेवा



काठमाडौं, (नेस)
मेगा बैंक नेपालका ग्राहकलाई सुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएकोछ। मेगा बैंक नेपालसँग भएको सम्झौताअनुसार, सुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घर–घरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो।
सम्झौता पत्रमा मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सुलभ हेल्थका निर्देशक साईरा श्रेष्ठले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले चाहेमा सुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधामा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
सुलभ हेल्थ होमले बृद्धबद्धा र बिरामीलाई घरघरमै स्वास्थ्य तथा नर्सिङ सेवा प्रदान गर्दै आएको छ। बैंक अफ दि इयर २०१९ बाट सम्मानित भइसकेको मेगा बैंकले ग्राहकलाई स्तरीय स्वास्थ्य सेवा र छुट दिने उद्देश्यले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सम्झौता गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्