एनआईसी एसिया बैंकद्वारा बीमा रकम भुक्तानी



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले झापाको बिर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधि उपचार बीमाअन्तर्गत १५ लाख रुपियाँ प्रदान गरेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो।
अग्रवालज्यूले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमन्ड’ श्रेणीको खाता खोलेवापत उक्त रकम प्राप्त गर्नुभएको हो। आफ्नो ओपन हर्ट सर्जरी भएपश्चात सो खाताभित्र घातक रोगको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दाबी गर्नुभएको थियो।
यसैगरी बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकले बीमा वापतको ८७ लाखभन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ।
बीमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरूप बैंकले विभिन्न चमत्कारिक सुविधासहित तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ। यस योजनाअन्र्तगत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन्।
उक्त बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगको लागि १० लाख रूपियाँसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन्।
औषधि उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग  उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्