माको सहयोग



बेइजिङ, (एजेन्सी)
विश्व प्रसिद्ध व्यापार कम्पनी अलीवावाका सह–संस्थापक ज्याक माले सर्जिकल मास्क र कोरोना भाइरस टेस्ट किट्स बोकेको पहिलो सिपमेन्ट संयुक्त राज्य अमेरिका पठाएका छन्। चिनियाँ अर्बपति माले सांघाइमा एउटा विमानमा ती सामानहरू लोड हुँदै गरेका दुईवटा तस्वीर ट्वीट गरेका छन्।
यसै महिनाको शुरूमा माले अमेरिकालाई आफूले ५ लाख वटा परीक्षण उपकरण र १० लाख थान मास्क उपलब्ध गराउने घोषणा गरेका थिए। महामारीविरुद्ध लड्न विश्वव्यापी सहयोग आदानप्रदानका लागि आह्वान गर्दै आएका माले युरोपमा पनि आवश्यक औषधि सामग्रीहरू पठाउँदै छन्।

प्रतिक्रिया दिनुहोस्