लीना ब्युटिसियन ट्यालेन्ट नेपाल



रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्वारा मंगलबार राति राजधानीमा आयोजित व्युटिसियनहरूको सौन्दर्य प्रतियोगितामा ललितपुरकी ब्युटिसियन लिना डंगोलले ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० सिजन ३ को उपाधि चुमेकी छिन्।
२६ प्रतियोगीलाई पछाडि पार्दै लिनाले उपाधिका साथ २५ हजार रुपियाँ र विभिन्न उपहारसहित बेस्ट पर्सनालिटीको उप–उपाधि जितेकी छिन्। प्रतियोगितामा बन्दना मग्राती फस्ट रनर्सअपसँगै बेस्ट नेलआर्ट, मिना लामा सेकेन्ड रनर्सअप र कन्फिेन्डस, तथा मिसन श्रेष्ठले पब्लिक च्वाइस अवार्डसँगै बेस्ट फिगर अवार्ड जितिन्। उनीहरूले अवार्डसँगै ५० हजार रुपियाँबराबरको स्पेसल नेल आर्ट कोर्स पाउनेछन्।
प्रतियोगितामा लक्ष्मी महर्जन सिभिलिटी, सविना श्रेष्ठ स्मार्ट र अर्गनाइजर च्वाइस, आराध्य गुप्ता बेस्ट आइज, दुर्गा श्रेष्ठ खड्गी बेस्ट हेयर स्टाइलिस्ट, ब्युटी स्माइल र अर्गनाइजर च्वाइस, मेनुका बलामीे बेस्ट फिट्नेस र सोसियल मिडिया अवार्ड, समिता गुरुङ इनोसेन्ट, बिमला राइ मस्ट बब्ली, मन्जला डंगोल रेस्पोन्सिबल, निलिमा महर्जन डिसिप्लेन, मन्दिरा शाही पंचुअल, शर्मिला मोक्तान फ्रेन्डली र रञ्जना सिंह एक्स्ट्रा अर्डिनरी अवार्ड विजेता भए।
अभिनेता सरोज खनाल, अभिनेत्री पल्पसा डंगोल, मिसेस नेपाल युनिभर्स एवम् लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठ, सञ्चारकर्मी सूर्य चन्द, ब्युटिसियनहरू मिना केसी, शान्ता थापा र लक्ष्मी श्रेष्ठ निर्णायक रहेको प्रतियोगितामा सरस्वती रोकाया मल्टिमिडिया र इन्टेलिजेन्ट अवार्ड, अस्मिता जिम्बा बेस्ट स्टाईलिस्ट, शान्ति डंगोल अर्गनाइजर च्वाइस र बेस्ट मेकअप, प्रमिसा श्रेष्ठ फोटोजेनिक, शर्मिला राई लोयल, ट्रिना तुलाधर बेस्ट क्याटवक र बेस्ट ड्रेस, निलम तामाङ मस्ट ब्युटिफुल, दिव्य संैजु बेस्ट हेयर र ट्यालेन्ट, सिमा घले बेस्ट स्किन र सविना भुजेल चर्मिङ अवार्ड विजेता भए।
कार्यक्रममा आफ्नो क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै लायन्स क्लब अफ काठमाडौं आधारकी अध्यक्ष रेश्मा श्रेष्ठ, उपाध्यक्ष ग्याल्मु शेर्पा, मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरू पूजा श्रेष्ठ, रिना अवाले, ऋतु राना (रिता) र जिना वैद्य, कस्मेटिक व्यवसायी रमेश मुनाकर्मी, गीतकार एवम् कलाकार सावित्री चिलुवाललाई विशेष योगदान सम्मानबाट सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्