नेमकिपाको नाममा चन्दा आतंक



भक्तपुर, (नेस)
मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छापसहित काठमाडौं बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगौंडा बस्ने गोपालबहादुर पुर्कुटीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटरप्याड तथा छापसमेत बनाइ चन्दा असुली गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले विभिन्न पार्टी, संस्था र क्लबहरूको रबर स्ट्याम्प ७ थान, लेटरप्याड, नगदी रसिद ११ थान, पेनड्राइभ १ थान र सिमकार्ड ३ थानसमेत बरामद गरी उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्