एनसेलको युवा लक्षित अफर



काठमाडौं, (नेस) ।

एनसेल प्राइभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्ट प्याक ‘सही यो ’ पावर सिम’ ल्याएको छ। यो सिममार्फत ग्राहकले सुलभ दरमा सेवा लिन सक्नेछन्।

पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, म्युजिक र हंगमा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक सय रुपियाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विषेशता हुन्।

यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाइने आकर्षक डेटा प्याकबाट फाइदा लिन सक्नेछन्। ग्राहकले करसहित मात्र ९९ रुपियाँमा चैत ६ गतेबाट यो सिम लिन सक्नेछन्।

यो सिम लिनका लागि नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ।

यो सिममा ग्राहकले २० रुपियाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५ सय एमबी डेटा (२५० एमबी फोरजी सहित), १० मिनेट अन नेट टक टाइम र सय वटा अन नेट एसएमएस पाउनेछन्।

सिमसँगै बन्डल भई आउने पीआरबीटी (सेवा र स्वतः आउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्