अत्यावश्यक वस्तु साबिककै अवस्थामा रहेको दाबी



काठमाडौं, (नेस)

इन्धनलगायत अत्यावश्यक वस्तुको उत्पादन तथा आपूर्ति साबिककै अवस्थामा रहेकाले त्रसित नहुन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आग्रह गर्नु भएको छ। नेपाल जनप्रशासक महासंघ र साल्ट ट्रेडिङ करपोरेशनले बुधबार मन्त्रालयमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टले यस्तो धारण व्यक्त गर्नु भएकोे हो।

‘म निरन्तर बजार अनुगमनमा छु। सामान उत्पाद र आपूर्तिमा कुनै बिचलन आएको छैन। अहिले नै नुन, खाद्यान्न, औषधि, ग्यासको चिन्ता गर्नुपर्ने अवस्था छैन। तर, पनि यस्तो बखतमा कालाबजारी सलबलाउन सक्छन्।

कोरना आइहाल्यो भने आपूर्ति व्यवस्था डामाडोल हुन्छ भनेर त्रसित नहुनुस् बरु मूल्यवृद्धि, कृत्रिम अभावदेखि सजग रहनुस्।’ मन्त्री भट्टले भन्नुभयो–‘कहाँ कुन चिजको अभाव छ मलाई भन्नुस, अत्यावश्यक सामग्री अभाव हुन नदिने  जिम्मा म लिन्छु।’

उक्त कार्यक्रममा ग्यास, औषधि, दूध, चिनी, टुटपेस्टलगायत अत्यावश्यक वस्तु न्युनतम् खुद्रामूल्य (एमआरपी) निर्धारण गरी निजी क्षेत्रवाट सुलभरूपमा उपलब्ध गराउने प्रबन्ध मिलाउनुपर्ने, उद्योग मन्त्रालयको नेतृत्वमा बजार अनुगमनलाई प्रभावकारी तुल्याउनुपर्ने, नेपाल गुणस्तर तथा नापतौल विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सर्तक र सक्रिय हुनुपर्ने महासंघले सुझाव दिएको थियो। महासंघका अध्यक्ष्य कृष्णहरि बास्कोटाले यस्तो बखतमा सरकारसंँग प्रष्ट रोडम्याप हनुपर्ने धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्