मध्यरातमा अज्ञात समूहद्वारा डोजरमा आगजनी



बासुदेव शर्मा,जाजरकोट।

बारेकोटमा मंगलवार राती अज्ञात समुहले डोजरमा आगजनी गरेको छ । हाने सल्ला हुदै बारेकोट गाउँपालिकाको लिम्सा सडक खण्डमा पर्ने सडक खन्न प्रयोग भएको रेगन निर्माण सेवा सुर्खेतको डोजरमा आगजनी भएको हो । सडक निर्माणको लागी बारेकोट ल्याएको निर्माण व्यवसायी दान बहादुर खडकाको बा ३ क ४०८६ नम्वरको स्काभेटर डोजरमा गए राति १ वजेको समयमा बारेकोट गाउँपालिका १ धौलाकोट खडकरी भन्ने स्थानमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

पार्किङ्ग गरि राखेको डोजरमा राति १ वजे एक्कासी आगजनी भएको स्थानियले वताएका छन । रातीको समयमा एक्कासी आगो वलेको देखिएको स्थानिय पृथी बहादुर वोहराले वताउनु भयो । उक्त डोजरकिन र कसले के का लागी आगजनी गरेको हो भन्ने वारेमा खुल्न नसकेको प्रहरी जनाएको छ ।

डोजरमा आगजनी कसले किन के का लागी गरेका हुन भन्ने विषयमा आगजनी गर्ने व्यक्तिहरुको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक किशोर सिह श्रेष्ठले बताउनु भयो ।

डोजरमा आगजनी गरेको थाहा पाएर अनुसन्धानको लागी प्रहरी टोली त्यस तर्फ खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । डोजरमा आगजनी कसले गरेको हो भन्नेमा अभै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्