कोरोना सन्त्रास : एसईई परीक्षा स्थगित,मन्त्री र सचिव अनभिज्ञ



न्युज अफ नेपाल,काठमाडौं ।

 सरकारले भाेलीबाट शुरु हुने एसईई परीक्षा स्थगित गरेको छ । विभिन्न सरकोकारवाला निकायले यस अघिनै परीक्षा नलिन गरेको आग्रह अटेरगर्दै जबजस्ती परीक्षा लिने निर्णय गरेको थियो ।बुधबार कोरोना संक्रममण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा परीक्षा स्थगित गर्ने निर्णय भएको थिएन ।

स्रोतका अनुसार समितिले गरेको निर्णय प्रधानमन्त्री केपीओलीलाई जानकारी दिन पुग्दा प्रम ओलीले भोलीबाट सञ्चालन हुने एसईई परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको थियो । लगत्तै नेकपा सचिवालयको बैठकले परीक्षा स्थगित गर्ने निर्णय भएको बुझिएको छ ।

मन्त्री र सचिव अनभिज्ञ

परीक्षा स्थगित गरेको सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलसंग अहिले सम्पर्क गर्दा आफुलाई पुर्ण जानकारी नभएको बताउनुभयो । मन्त्री ज्युसंग सम्पर्क गर्दा आफु दिउँसोको बैठकमा जानकारी नभएको र पछि निर्णय भएको हुनसक्ने बताउनुभएको थियो । त्यस्तै सचिव मशेश्वर दाहालले सो विषयमा आफुलाई जानकारी नभएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्