‘सरकार यो देशमा नमूना काम गर्नकै लागि म पनि बाँच्न चाहन्छु,कति दातासँग हात फैलाऊँ’



भगवती तिमल्सिना,काठमाडौं। 

सोक्मटार, हिलेपानी, मानेभञ्ज्याङ–६, ओखलढुङ्गा निवासी १७ बर्षिया सेमिका राई ३ महिना अघि एकाएक बिरामी परिन । सामान्य परिवारमा जन्मिएकी राई गाउँमा नै नमूना काम गर्छु र स्थानिय बासिन्दाहरुलाई समेत नयाँ कृषि विधि सिकाउँछु भनेर जेटिए पढ्दै थिईन् । उनको रुची खेलमा पनी भएकाले महिला फुटबलमा पनि उत्तिकै सकृयताका साथ अघि बढेकै कारण गत बर्ष व्याकुल माईलाका नाममा स्थापना गरिएको फुटबलमा दोस्रो स्थान हासिल गरेकी थिईन् ।

यतिबेला उनी आफ्नो सिथिल शरिरलाई मृत्युसँग जित्नका लागि दिनमा २८ वटा सम्म औषधि मकै भट्मास खाँदाझै खान्छिन र आफन्त र अभिभावकको सान्त्वनाकै कारण बाच्ने झिनो आशा लिएर मृत्युलाई जित्ने लडाई लडिरहेकी छन् । यस्ता बिषयमा राज्यको ध्यान कहिले पुग्ला र सामान्य नागरिकले अल्पायुमै जीवन समाप्त गर्नुनपर्ला ?

सुन्निएको शरिर, चिकित्सक र आफन्तको सल्लाहलाई अगाल्दा अगाल्दै पनि उनका आँखा आसुले टिलपिल भएका छन्,। ओठमा नवजवानको लाली सुकी सकेको छ । तीन महिना देखि कहिले कुन त कहिले कुन अस्पताल धाउँदा धाउँदै १७ बर्षे युवतीको रोग पहिचान हुन सकेको छैन । उनको शरिरका सम्पूर्ण अंगमा असर परिसकेको उपचारमा संलग्न चिकित्सकरुले जनाएका छन् ।

उनको रोग पहिचानका लागि २ महिना त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र हुँदै १ महिना देखि किस्ट मेडिकल कलेजमा नेफ्रोलोजी विभागमा डा. सागरबाबु श्रेष्ठकोमा पुगेकी छन् । डा. श्रेष्ठकोमा पुग्दा उनको मृगौलामा संक्रमण हुनुका साथै शरिरमा रगत कम भएको, उच्च रक्तचाप, थाईराइड, मुख तथा शरिर पुरै सुन्निएको थियो । निरन्तर उपचार विधि अपनाई अहिले केही सुधार भएको छ । तर रोग यहि हो भन्ने अझै पत्ता लागि नसकेको डा. श्रेष्ठ बताउनुहुन्छ ।

उनका पिता सामान्य किसान भएको र आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएकाले सेमिकाको जीवन बचाउन अभियानमा ब्याकुल माईला लगायतको टोली, दिदी, भिनाजु बिनोद मगर अहोरात्र खटिएका छन् । तर पनि अहिले सम्म Systemic Lupus Erythromatosus (SLE) को आशंकामा उपचार भैरहेको छ । अझै पनि रोग यहि हो भन्ने एकीन भएको छैन ।

यो रोगका कारण शरीरमा भएको प्रतिरोधात्मक शक्तिले रोगलाई नभई मस्तिष्क, मुटु, कलेजो, फोक्सो, छाला, किड्नी लगायत जुनसुकै अङ्गप्रत्याङ्गलाई सङ्क्रमण गरी नष्ट गर्ने भएकाले शरिर बचाउनकै लागि यति धेरै औषधि खानुपरेको चिकित्सकहरुले बताएको सेमिकाले भक्कानीदै भनिन् ।

आफुलाई बाचेर यो देश र समाजका लागि काम गरेर देखाउने धोको छ । तर मलाई लागेको रोग प्राणघातक दीर्घरोग मानि“दो रहेछ । खर्च पनि धेरै लाग्दो रहेछ । मेरा बुबाले मलाई उपचार खर्च जुटाउन सक्ने अवस्था छैन र आफन्तले अहिले सम्म सघाउँदै आएका छन अब कति गर्न सक्लान र भन्दै लामो सुस्केरा हाल्दै बरर आँसु झार्दै उनी भन्छिन सरकार म बाचेर यो देशको लागि नमूना काम गर्न चाहन्छु तर दातासँग हात फैलाएर के सम्भव होला ?

उनले नेपालका ठूला नेता, प्रधानमन्त्री, राष्ट्रपतिहरुलाई त राज्यले नै उपचार खर्च व्यहोर्दो रहेछ । म जस्ता गरिबलाई त राज्यले पनि सहयोग नगर्ने रहेछ । यस बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योजना शाखा प्रमुख तथा प्रवक्ता डा. विकास देवकोटा भन्नुहुन्छ–यो निकै ठूलो समस्याग्रस्त रोग होे, सरकारले सहयोग गर्नुपर्ने देखिन्छ तर अहिले सम्म सहयोग दिने लिष्टमा भने यो रोग परेको छैन ।

राईका भिनाजु बिनोद भगर भन्नुहुन्छ–विरामीको अवस्था अत्यनतै नाजुक भएको छ । शरिका मुख्य अंगहरुले काम गर्न छोडि, शरिरमा रगतको मात्रा कमहुने, ज्वरो, ग्याष्ट्रिक, मुखमा खटिरा, अपच, अमन लगायत आधादर्जन रोगको एकसाथ सङ्क्रमण भएको छ । रोगको अवस्था हेर्दा धन्न मुटु, कलेजो, मस्तिष्क आदिमा असर देखिएको छैन । आफन्तगोतहरु सबै लागि परेका छौ र उनमा केही सुधारका संकेत देखा परेकाले आशा जागेको छ ।

तर सरकारले यस्ता रोगका बारेमा व्यवास्ता गरेको देख्दा सारै दुःख लागेको छ । के गरिबले मात्र आफ्नो शरिर पनि अरुसँग भिक्षा मागेर बचाउनुपर्ने हो ? गरिबको चै स्वथ भएर बाच्ने अधिकार नेपालमा छैन ? नेपालको संविधानमा त आम नागरिकले स्वस्थ भएर बाच्न पाउने अधिकार सुनिश्चित गरिएको छ भन्ने उल्लेख गरिएको छ । के यहि हो त नागरिकले पाएको अधिकार ?

मगर भन्नुहुन्छ–बिरामीलाई केही सुधार भएमा आईसीयूमा राखेर डाइलसीस अथवा किमो थेरापी भन्दा कडा भ्याक्सिन कम्तिमा ४ डोज दिनुपर्छ र त्यसको मूल्य एक डोजकै रु. ५० हजार रुपैया“ बराबर पर्छरे । यसो गरेर पनि निको हुने ग्यारेन्टी केही छैन । यो रोगको लागि औषधि चलाउनु बाहेक विश्वमै कुनै विकल्प नभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अहिले सम्म बिरामीको औषधि, अस्पताल खर्च, खानपान, शरिरमा प्रोटिनको मात्रा खेर गैरहेकाले त्यसको पनि उपचार पानी समेत फरक खालको किनेर खुवाउनुपर्दा दिनको सरदर १० हजारका दरले खर्च भैरहेको छ ।

अब पुनः नयाँ औषधि चलाउनको लागि न्यूनतम ५ लाख रुपैया“को व्यवस्था तुरुन्त गर्न अस्पताले भनिसकेको छ । यति मात्र नभै यो जीवनभरी उपचार विधि र औषधिमा बाच्नुपर्ने भएकाले ठूलो धनराशी खर्च गर्नुपर्छ । अहिले सम्म मनकारी दाताहरु, परिवार र आफन्तले जुटाएको झण्डै तीन लाख खर्च भैसकेको छ । राईका दिदि र भिनाजुले गला अबरुद्ध पार्दै भने जेटिए बनेर गाउँमै दिगो कृषि व्यवसाय गर्ने सेमिकाको सपना साकार पार्न सरकार तथा मनकारी दाताहरुले सहयोग गरिदिनुहुन अपिल गर्दछौ ।

मानव जीवन बचाउन देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बैनीहरु एक होनहार छोरीलाई बचाईदिनुस भन्दै अपिल गर्नुभयो । सहयोग गर्न चाहनुहुने मनकारी दाताहरु राष्ट्रिय बाणिज्य बैंक, ओखलढुङ्गा जिल्ला मानेभञ्ज्याङ शाखामा उपचारकै प्रयोजनको लागि विरामीका पिता दिलराम राईको नाममा खोलिएको चल्ती हि.नं. २४८०००१५८६६१० जम्मा गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्