ललितपुरमा कोरोनाबाट जोगिन तयारी बैठक सम्पन्न



न्युज अफ नेपाल,ललितपुर ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ वाट सुरक्षित रहन तथा प्रभावकारी उपचार तथा रोगथामका गर्न बैठक बसेको छ । प्रजिअको संयोजकत्वमा बसेको वैठकले कोभिड १९ काकारण हुन सक्ने सम्भावित महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारी तथा निजी अस्पतालहरुले समन्वय गरी अघि वढ्नु पर्ने धारणा राखेका थिए । बैठकमा नवराज सिलवालले सबै सरोकारवालाको संयोजनकारी भुमिका रहनुपर्ने बताउनुभयो ।

अस्पतालका संचालक तथा चिकित्सकहरुले सम्भावित विरामीलाई छुटै अस्थायी स्थानमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्नु पर्ने धारणा राखेका थिए । निजी अस्पतालको छाता संगठन अफिनको तर्फवाट वरिष्ठ उपाध्यक्ष कुमार थापाले सरकारको विशेष पहलवाट सुरक्षित एवं खुल्ला ठाउँको पहिचान गरी छिटो संरचना वनाउन सरकारलाई सुझाव दिनु भएको थियो । उहाले तीन चरणमा बिरामी तेस्रो चरणको बिरामीलाई तत्काल व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाले तत्काल उद्धार टोली खडा गरी तोकिएको अस्पतालमा लैजाने व्यवस्था गर्न आग्रह गर्दै सो व्यवस्था नभए भयाभह अवस्था आउनसक्ने सुझाव दिनुभएको थियो । उहाको सुझाव अनुसार जिल्लाले सोही अनुशार आइसोलेशन वार्ड स्थापना गरी संक्रमितलाई राख्ने स्थान तय गर्ने तयारी गरेको छ ।

अस्पतालका प्रतिनिधीहरुलाई आ आफ्नो अस्पतालमा हेल्थ डेक्स स्थापनागरी संकास्पद विरामी लाई पहिचान गरी थप उपचारका लागि आवश्यक समन्वय गर्न तथा स्थानीय तहले कोरोना भाइरस सम्बन्धि जन चेतना मुलक कार्यक्रम मार्फत सचेत रहने उपाय अपनाउन आग्रह गरेको थियो ।

ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारीको भागीरथ पाण्डेयको संयोजकत्वमा भएको बैठकमा उहाले सबै निकायलाई तयारी हालतमा रहन निर्देशन दिनुभएको थियो । बैठकमा ललितलपुर वाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेश सांसद, पालिकाका प्रमुख,जन स्वास्थ्य कार्यालय प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा ललितपुर स्थित सरकारी तथा निजी अस्पतालका प्रमुख,नीजि अस्पतालका संगठनका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्