एसइई परीक्षा मर्यादित ,व्यवस्थित र विश्वसनीय हुनुपर्छ : उपप्रमुख चलाउने



धर्मेन्द्र बिसी,अछाम ।

पन्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले एसइई परिक्षा मर्यादित , ब्यवस्थित र बिस्वस्निय हुनुपर्नेमा जोड दिनु भएको छ । बिहिबारदेखि सुरु हुने एसइई परिक्षाको क्रममा पन्चदेवल विनायक नगरपालिकाको सिफारिसमा पहिलो पटक परीक्षा केन्द्र बनेको मालिका मावि बारलाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर शिक्षा समितिका सह-संयोजक समेत रहनु भएका उपप्रमुख चलाउनेले पुर्वाधार विकाससंगै शैक्षिक विकासमा पनि लाग्न आग्रह गर्दै परिक्षा मर्यादित बनाउन शिक्षक , बिद्यार्थी,अभिभावकले आ-आफ्नो क्षेत्रबाट बिस्वसनीयता कायम हुने गरी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

पन्चदेवल विनायक नगरक्षेत्रको अगुवा बिद्यालय बिध्यामन्दिर माविको लामो समय प्रधानाध्यापकका हैसियतले प्रशासनिक नेतृत्व गर्नु भएका नेपाली काङ्ग्रेसका नेता महाअधिवेसन प्रतिनिधि सुरतबहादुर बिष्टले परिक्षा अवसरका साथै चुनैती पनि हो त्यसैले गुणस्तर कायम हुनेगरी परीक्षा संचालन गर्न जोड दिनुभयो ।

बिध्यालय परिसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै बिध्यामन्दिर माविका पुर्व प्रधानाध्यापक बिष्टले सहयोग गरेर चिट चोराएर नम्बर आउँछ तर गुणस्तर हुँदैन त्यसैले मर्यादाको लक्ष्मण रेखाभित्र रहेर परिक्षा मर्यादित परीक्षा हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका नगर शिक्षा समितीका सदस्य वेदप्रकाश तिमिल्सैना , नेपाली काङ्ग्रेसका अछाम दुई नम्वर प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापती लक्ष्मण बहादुर शाह , नगर क्षिक्षा समितिका सदस्य तारा बटाला , पन्चदेवल नगरपालिका – ८ का वडा सदस्य नरे कामी , नेकपा अछाम जिल्ला कमिटीका सल्लाहकार नन्दाबहादुर शाही , भवानिदेवी मावी पुलेतोलाका सेवा निबृत्त प्राधानाध्यापक हर्कबहादुर रावल एसइइका केन्द्राध्यक्ष जगत तिमिल्सैना लगायतको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा पन्चदेवल विनायक नगरपालिका वडानम्वर ( ८ का वडा अध्यक्ष समेत रहनु भएका मालिका मावी बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष खनालले परिक्षा केन्द्र ब्यवस्थापन र परिक्षार्थी लाई बस्नको लागि सबै तयारी पूरा भैसकेको जानकारी दिनुभयो । पन्चदेवल विनायक नगरपालिका वडानम्वर- ८ का वडा अध्यक्ष समेत रहनुभएका मालिका माविका बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिध्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर शाहिले गर्नुभएको थियो ।

पहिलो पटक परीक्षा केन्द्र भएको मालिका मावि बारलामा नगरका विनायकको बिध्यामन्दिर नमुना मावी , पुलेतोलाको भवानी देवी मावि , कालेकाडाको चण्डिका मावी र सारदा माविका दुई सय चार जना छात्र छात्रा सहभागी हुनेछन ।

प्रतिक्रिया दिनुहोस्