भारतीय ९ लाख ९९ हजार रुपैयाँसहित २ जना पक्राउ



न्युज अफ नेपाल,हेटौंडा ।

हेटौंडाका प्रहरीले बुधबार विहान करिब ५ बजे अवैध भारतीय रुपियाँ ९ लाख ९९ हजारसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।हेटौंडा–१५ स्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहसहितको चेकिङ टोलीले उक्त रुपियाँ बरामद गरेको हो ।

पश्चिमबाट बीरगञ्जतर्फ जाँदै गरेको डब्लुबी २३ ई २३३३ नम्बर भारतीय बोलेरो गाडी चेक गर्ने क्रममा बोलेरोचालक भारतको बैरातपुर जिल्ला पैरोसव बस्ने वर्ष ३१ का विजय चौधरी र बोलेरोका यात्री भारतको नहेटी जिल्ला ग्राम पञ्चायत माउतपुर बस्ने वर्ष ३८ का शंकर सरकारको साथबाट भारतीय रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई भारतीय रुपियाँसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्