नेपाली सेनाको मुख्यालयमा कोरोना भाइरसविरुद्धको पूर्व तयारी(फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली सेनाले विश्वभर फैलिरहेको कोभिड–१९ बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे पूर्वाभ्यास गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा कोभिड– १९ को उपचार पूर्वाभ्यासका लागि अस्पताल र क्वारेन्टाइन झल्कने त्रिपाल स्थापना गरी बिरामीको प्रवेशसँगै रोग परीक्षण, शङ्कास्पद व्यक्ति राख्ने स्थल र क्वारेन्टाइनबाट प्रदान गरिनेसम्बन्धी सम्पूर्ण जानकारी गराइएको छ । त्रिपालमा क्वारेन्टाइन स्थलको लेआउट विधिबारे पनि जानकारी दिइएको छ ।

तस्वीर : उजोल डंगोल ।

प्रतिक्रिया दिनुहोस्