कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा सजगता अपनाउने सम्बन्धी त्रिभुवनविश्वविद्यालयको अनुरोध



न्युज अफ नेपाल, काठमाडाैँ ।

 

छिमेकी मुलुक चीनमा देखा परेको कोरोना भाइरसले (कोभिड–१९) विश्वमा माहामारीको रुप लिई यसको प्रभाव विश्शवका विभिन्न मुलुकमा पर्न थालेको छ ।

 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार उच्च जोखिममा रहेका मुलुकहरु मध्येमा नेपालपनि परेको छ । कोरोना भाइरसको रोकथामकालागि समग्र उपचार व्यवस्थापनमा काम गर्न र आवश्यक सुझाव पेश गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सह प्राडा. सन्त कुमार दासको अध्यक्षतामा एउटा समिति गठन गरी भई कार्य भइरहेको बेहोरा समेत जानकारी गराइन्छ ।

 

कोभिड–१९ को नियन्त्रणका लागि नेपाल सरकारले माननीय उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति बनाई काम गरिरहेको छ । त्यसबाहेक शिक्षामन्त्रालय र स्वास्थ्यमन्त्रालयसँग त्रिभुवन विश्वविद्यालय नियमित सम्पर्कमा रहीआएको छ । उच्चस्तरीय समिति, शिक्षामन्त्रालय र स्वास्थ्यमन्त्रालयले चाल्ने कदमहरु पालना गर्न सबै निकायहरुलाई अनुरोध गरिन्छ ।

 

यस्तो अवस्थामा विशेष सचेतता अपनाई पूर्व तयारी एवं सतर्कता अवलम्बन गर्नु आवश्यक रहेकोले त्रिभुवन विश्वविद्यालयका निकायहरुलाई सो रोगका सम्बन्धमा देहायबमोजिम गर्न गराउन सूचित गरिन्छ ।

 

१) विश्वविद्यालयभित्र गरिने सभा, सम्मेलन, गोष्ठी, सेमिनार, भेला, खेलकुद कार्यक्रम जस्ता कार्यक्रमहरु हाललाई नगर्न र नगराउन अनुरोध गरिन्छ ।

 

२) शिक्षक,कर्मचारी र विद्यार्थीहरुलाई भाइरस बाट जोगिन सम्बन्धित निकायबाट प्रसारित उपायहरुका अतिरिक्त देहाय बमोजिमका उपायहरु अपनाउन अनुरोध गरिन्छ ।

 

क) क्याम्पसमा साबुनपानीको अनिवार्य व्यवस्था गरी हातधुने सहजव्यवस्था गर्ने, गराउने वा स्यानिटाइजरको व्यवस्थागर्ने, गराउने,

 

ख) विद्युतीय हाजिरी गर्ने ठाउँमा सावुनपानीले हातधुने व्यवस्था गराउनेवा स्यानिटाइजरको व्यवस्था गर्ने, गराउने,

 

ग) कुनै विद्यार्थीलाई रुघा, खोकी, ज्वरो आएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न लगाउने,

 

घ) कार्यालय वाकक्षाकोठाहरु नियमित सरसफाई गर्ने व्यवस्था मिलाउने ।

 

३) विश्वविद्यालयबाट सञ्चालनहुने कक्षाहरु र परीक्षाहरु नियमितगर्न गराउन अनुरोध गरिन्छ । परीक्षार्थीहरुलाई सावुनपानीले हातधुने व्यवस्था गर्नुहुनवा सेनिटाइजरको व्यवस्था गर्नुहुन तथा सम्भव भएमा हेल्थ डेस्कको व्यवस्था गर्न समेत अनुरोध गरिन्छ । साथै रुघा, खोकी र ज्वरो आएकापरीक्षार्थीहरुलाई अलग्गै राखी परीक्षादिने व्यवस्था गराउनुहुन अनुरोध छ।

 

४) सार्वजनिक यातायातमा यात्रागर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ ।

 

५) विद्यार्थीहरुको सहयोगमा जनचेतनामूलक कार्यक्रमहरु गर्न, पोष्टर पम्प्लेट लगायतका सामाग्री सहित प्रचार प्रसार गर्न गराउन समेत अनुरोध गरिन्छ । हालको अवस्थालाई हेरी माथिका उपायहरु कार्यान्वयन गर्दै जाने र भविष्यमा आउने नयाँ परिस्थिति अनुसारका सूचना तुरुन्तगरिने बेहोरा समेत जानकारी गराइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्