युरोकप २०२० सर्यो



लन्डन, (एजेन्सी)

युरोपियन फुटबल महासंघको आयोजनामा प्रत्येक ४ वर्षको अन्तरालमा हुने गरेको युरोकप यसपटक एक वर्षका लागि सरेको छ। यसै वर्षको जुन–जुलाईमा हुने तय भएको युरोकप २०२० एक वर्षपछि सरेको हो।

जसअनुसार यूईएफएले युरोकप २०२१ को जुन ११ देखि जुलाई ११ सम्म गर्ने निर्णय गरेको छ। कोरोनाको त्रासका कारण यतिबेला युरोपका अधिकांश देशहरूमा आपत्कालीन अवस्था आएका बेला त्यसको असर फुटबलमा पनि परेको हो।

जसमा युरोपियन फुटबल महासंघले मंगलबार युरोपका सबै ५५ वटै फुटबल संघहरूसँग भिडियो कन्फ्रेन्स गरेर सुझाव लिएको थियो। त्यसैको आधारमा युरोकप एक वर्षपछि सार्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्