खेल गतिविधि हप्ता दिनका लागि बन्द 



नेपाल समाचारपत्र, काठमाडौं

कोरोना भाइरस (कोभिड १९) विश्वका अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था सिर्जना भएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्ले एक हप्ताका लागि खेल गतिविधि बन्द गर्ने निर्णय लिएको छ।

विश्वका ठूला राज्यले पनि यसका लागि विभिन्न सचेतना अपनाइरहेको अवस्थालाई नियाल्दै परिषद्ले उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसँग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी र सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई रोक्ने निर्णय गरेको हो।

परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले एक सातापछि परिस्थिति हेरेर निर्णय गरिने पनि जनाएको छ। यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरू, खेलसँग सम्बन्धित व्यक्तिहरू र आमजनमानसलाई पनि सचेतना अपनाउन परिषद्ले आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्