शेयर बजारमा गिरावट कायमै



नेपाल समाचारपत्र, काठमाडौं

साताको तेस्रो दिन मंगलबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ। आइतबारदेखि कारोबार समय थपिएकै दिन उच्च अंकमा गिरावट आएको बजार सोमबार सामान्य अंकको वृद्धि देखिएको थियो। तर, त्यो सुधार टिक्न नसक्दा मंगलबार उच्च अंकले घट्न पुगेको हो।

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४ दशमलव ३३ अंकले घटेर १२७२ दशमलव शून्य ६ बिन्दुमा पुगेको छ।

यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ५३ अंकले घटेर २७४ दशमलव ५९ विन्दुमा पुगेको छ।

कुल १ सय ७५ वटा कम्पनीको ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता शेयर एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६ सय ५६ रुपियाँ बराबरमा किनबेच भएको छ। कारोबार भएका कुल १२ उपसमूहमध्ये सामूहिक लगानी कोषको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक ओरालो लागेको छ।

कारोबार रकमका आधारमा मंगलबार एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको १० करोड सात लाख एक हजार ९ सय ६२ रुपियाँ कारोबार भएको छ।

मंगलबार सबैभन्दा बढी जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ६९ प्रतिशत कमाएका छन्। यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लगानीकर्तँले १० प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्