लालिगुँरास नफुल्नाले जुस उत्पादनमा कमी



सरस्वती न्यौपाने,रसुवा । 

गोसाईकुण्ड गाउँपालिका वडा नं. ६  धुन्चेमा अवस्थित श्री हिमालयन फलफुल प्रशोधन उद्योगमा यस वर्ष प्रशस्त फुल नफुल्नाले जुस उत्पादनमा कमी आएको छ । सन्चालक बाबुराम श्रेष्ठका अनुसार गतसाल प्रशस्त फुल फुलेको कारण समस्या थिएन आम्दानी पनि राम्रै थियो । अहिले जलवायु परिवर्तन, कर्मचारी समायोजन र हाल निस्केको कोरोना भाइरसकाे प्रभावका कारण  व्यापार सुस्ताएको छ ।

विज्ञापन पनि गर्न पर्दैन थियो टढा—टाढाका मानिसहरुले समेत फोन मार्फत अर्डर गर्थे । यसको मार्केट भनेको रसुवा, नुवाकोट, धादिङ, काडमाण्डौ लगाएतका अन्य जिल्लामा समेत माग हुने गर्दथ्यो अहिले कोरोनाका कारण व्यापार ठप्प नै छ ।

यस्तै यहाँ लोकल अर्गानिक सिमि, मुसुरो को दाल समेको माग थियो साथै कोरोनाको कारण सुस्ताएको छ । छ । भाइरस ले गर्दा आन्तरिक तथा बह्य पर्यटक समेत आउन छाडेपछि त झनै व्यापरा खस्किएको उद्योग सन्चालक श्रेष्ठ बताउनु हुन्छ । उहाँको सात जनाको परिवार राम्रै सँग खर्च धानेको थियो मिहिनेत अनुसार फल राम्रो थियो । के—के जाती कोरोनाका कारण सब भताभुङ्ग भएको उहाँको भनाइ रहेको छ ।

आफै बन पाखामा खेर गइरहेको लालिगुरासको फुललाई सदुपयोग गर्दै जुस उत्पादन गरिरहेका बाबुराम श्रेष्ठ आफ्नो व्यापारमा खडेरी परेको मा दुखेसो व्यक्त गर्दछन । भ्रमण वर्ष २०२० मा धेरै पर्यटक जिल्लामा भित्रिए व्यापार हुन्छ जस्तो लागेको थिया गुरास नफुल्नु र कोरोना भाइरस का कारण र व्यापार—व्यवसाय नै थान्को लगाएर बस्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्