विश्व सामाजिक कार्य दिवसमा विविध कार्यक्रम



टंक अधिकारी,पोखरा ।

पोखरामा विश्व सामाजिक कार्य दिवस २०२० विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्षको विश्व सामाजिक कार्य दिवसको नारा ‘मानवीय सम्बन्धको महत्वलाई बढवा दिने’ रहेको थियो । पोखरा गैह्रापाटन स्थित लेकसिटी कलेजका स्नातक तहमा सामाजिक कार्य विषयमा अध्ययन गर्ने विद्यार्थीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन ।

मंगलवार विद्यार्थीहरूले पोखरा १७ छोरेपाटनस्थित मानव सेवा आश्रममा रहेका जेष्ठ नागरिक एवं असहायहरूलाई नुवाई धुवाइ गर्नुका साथै उनीहरू बस्ने र सुत्ने ठाउँको सरसफाई गरी सामाजिक दिवस मनाईएको बिद्यार्थी अनुपा अधिकारीले बताईन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूद्धारा आश्रम परिसरमा सरसफाइ समेत गरिएको थियो भने आश्रममा रहेका करीव ८० जना जेष्ठ नागरिक एवं असहायहरूलाई खाजा बनाई खुवाइएको थियो ।

कलेजका मानविकी तथा सामाजिक बिषयका प्राध्यापक रोशीना कुवँरले लेकसिटी कलेजले सामाजिक कार्र्य पठनपाठन गर्दै आएको बताउदै भोलि गएर एनजिओ आइएजिओमा काम गर्न भन्दा पनि समाज परिवर्तनतिर लाग्न बिद्यार्थीहरुलाई प्रोसाहित गर्नु भँएको थियो ।

प्रतिक्रिया दिनुहोस्