प्रदेश २ को नामाकरण : नेकपा र कांग्रेसको प्रस्ताव पारित भएन



न्युज अफ नेपाल,जनकपुर ।

प्रदेश २ को नामाकरणका लागि दर्ता गरिएका चारवटा प्रस्तावमध्ये नेपाल कम्युनिष्ट पाटी नेकपा र कांग्रेसले प्रस्ताव गरेका नाम अस्वीकृत भएका छन् ।नेकपाको तर्फबाट प्रदेशसभा सदस्य रामकुमार यादवले प्रदेशको नामाकरणका लागि जानकी प्रदेशको प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए।

जसमध्ये नेकपा प्रस्तावित जानकी प्रदेशका लागि प्रदेश दुईका १०७ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए। जानकी प्रदेशको पक्षमा ३७ वटा मत खसेको छ भने विपक्षमा ७० वटा मत खसेको छ।

नम्बर दुईको नामाकरणका लागि दलहरुबीच सहमति नभएपछि मतदान प्रक्रिया अपनाईएको हो। प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेशसभामा दर्ता गराईएको चार वटा प्रस्तावहरुमध्ये नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरासमेत अस्वीकृत भएको छ। नेपाली काँग्रेसको तर्फ बाट प्रदेशसभा सदस्य नरेश प्रसाद यादवले प्रदेशको नामाकरणका लागि मिथिला भोजपुरा प्रदेशको प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्