कान्छी भाउजूसँग अनैतिक सम्बन्ध, पोल खुल्ने डरले जेठी भाउजूमाथि खुकुरी प्रहार



न्युज अफ नेपाल, रौतहट ।

आफ्नै भाउजूको हत्या प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेठरहिया गाविस ९ हाल यमुनामाई गापा १ बस्ने राजुकुमार सहनी रहेका छन् ।

कान्छी भाउजूसँगको अनैतिक सम्बन्ध लुकाउन राजुले आफनै जेठी भाउजू पुनमकुमारी सहनीमाथि खुकुरी प्रहार गरेका हुन् । ईलाका प्रहरी कार्यालय गरुडाले पत्रकार सम्मेलन गर्दै आज अभियुक्त राजुकुमार सहनिलाई सार्वजनिक गरेको छ । पुनमका श्रीमान भने वैदेशिक रोजगारीको शिलशिलामा बाहिर गएका छन् ।

घाइते पुनमको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । पुनमले राजुको लामोसमय देखि कान्छी भाउजूसँग अनैतिक सम्बन्ध रहदै आएको कुरा थाहा पाएपछि परिवारलाई भनिदिने धम्कि दिएकी थिइन् । आफ्नो सम्बन्धका बारेमा पोल खुल्ने डर भएपछि राजुले पुनमलाई मार्ने प्रयास गरेको अनुसन्धानमा खुलेको छ । अभियुक्तले मंगलबार बिहान चार बजे पुनममाथि खुकुरी प्रहार गरेका थिए ।

राजुमाथि ज्यानमार्ने उद्योगमा मुद्दा दर्तागरी जिल्ला अदालत गौरबाट म्याद थपगरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्