नौकुण्ड गाउँपालिकाद्वारा फलफूलका बिरुवा वितरण



सरस्वती न्यौपाने, रसुवा । 

जिल्लाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले पालिका भित्र फलफुल खेतीलाई विस्तार गर्नका लागी कृषकलाई एक हजार छ सय ६० वटा बिरुवा वितरण गरेको छ ।

कृषि शाखाका शाखा प्रमुख सुरेश पौडेलका अनुसार चाल आ.व. को २०७६/०७७ को हिँउद का लागी वितरण गरि जसमा पाँच सय ७० कि.वी छ सय ५० ओखर, २४ सय ४० स्याउको बिरुवा वितरण गरिएको हो ।

कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै पर निर्भर नभई आत्मनिर्भर बनाउन र यस भेगमा फलफुल तथा तरकारीका लागी उपर्युक्त भएकाले कृषक ले ७५ प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो । एक जना कृषक बराबर १० देखि दुई सय बिरुवा वितरण वितरण गरिएको हो ।

स्थानिय सरकार गाउँपालिका बनेपछि गा.पा. शाखा बनेपछि कृषकलाई मिनिटिलर, प्लाष्टिक टनेल, मकै छोडाउने मेसिन तरकारीको विउ, मकै, धान, फलफुलको विरुवा वितरण गरिदै आएको शाखा प्रमुख पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्